Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

वालिङमा जङ्गलमा लागेको आगो बाट चार गोठ र एक घर जले

  वालिङ २७ चैत्र । वालिङ १२ ढिकिडाँडामा आगोलागीका कारण ४ घरगोठ जलेका छन् । ढिकिडाँडाका गोविन्दप्रसाद लुँईटेल बस्दै आएको तुमाखर लुँईटेलको घरग...


 वालिङ २७ चैत्र ।

वालिङ १२ ढिकिडाँडामा आगोलागीका कारण ४ घरगोठ जलेका छन् । ढिकिडाँडाका गोविन्दप्रसाद लुँईटेल बस्दै आएको तुमाखर लुँईटेलको घरगोठ जलेर नष्ठ भएको छ भने नारायण लुँईटेल, मुक्तिप्रसाद लुँईटेल र तारा लुँईटेलको गोठ जलेर नष्ठ भएको हो । विगत ३ दिनदेखि जंगलमा लागेको आगो वस्तीमा पस्दा ४ घरगोठ जलेका हुन् । घरगोठ जलेपनि कुनै मानविय तथा पशुको भने क्षति भएको छैन् । स्थानीय युवा राजुख्याम काफ्लेका अनुसार वालिङ १२ र १४ को सिमाना जंगलमा सल्किएको आगोलागीले वडा नंं १२ को घरगोठमा क्षति भएको हो । गाउँमा पानीको अभाव र दमकल जाने सहज बाटो नहुँदा आगो निभाउन समस्या भएको वडा नं. १२ का अध्यक्ष विश्वजंग गुरुङले बताउनुभयो । जंगलमा फैलिएको आगो अहिले भने लामपाते जंगलको तलसम्म पुगेको र तत्कालको लागी वस्ती जोखिममा नरहेको अध्यक्ष गुरुङले बताउनुभयो । 

धेरै पढीयको समाचार

Featured Post

विमलाको निधनपछि गण्डकीमा सांसद बन्नेछिन् स्याङ्जाकी सुनिता

१ मंसिर, पोखरा । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि अब उनको ठाउँमा स्याङ्जाकी सुनिता थापा सांसद बन्ने भएकी छन् । गौचन प्रदेश ...

बलग भित्र खोज्नुहोस् ।