स्याङ्जा, १८ वैशाख । स्याङ्जाको चापाकोट नगरपालिका १ मैदानमा सोमबार आगलागी हुँदा ४३ लाख बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाक...
स्याङ्जा, १८ वैशाख । स्याङ्जाको चापाकोट नगरपालिका १ मैदानमा सोमबार आगलागी हुँदा ४३ लाख बढीको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार सम्पास सामुदायिक जंगलमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ३ जनाको ३ वटा घर र गोठ जलेर नष्ट भएको छ ।
आगलागीबाट ४३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ । जंगलमा लागेको अहिलेसम्म पनि नियन्त्रण आउन नसकेको प्रहरीको भनाई छ ।