Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

चापाकोट एमालेमा पुनः कोईराला ।

स्याङ्जा, चापाकोट नेकपा एमाले चापाकाेट नगर कमिटी स्याङ्जा काे दोस्रो अधिबेशन बाट नगर कमिटि काे अध्यक्ष पदमा पुनः राजु कोईराला भारि मतले विजय...


स्याङ्जा, चापाकोट

नेकपा एमाले चापाकाेट नगर कमिटी स्याङ्जा काे दोस्रो अधिबेशन बाट नगर कमिटि काे अध्यक्ष पदमा पुनः राजु कोईराला भारि मतले विजयी भएका छन् । कोइरालाले १२९ मत ल्याउदा उनका प्रतिद्वन्द्वी पुर्णचन्द्र भुषालले ३५ मत मात्रै पाएका छन् ।

जिल्ला अधिबेशन निर्विरोध सम्पन्न गरेको एमालेले पालिकास्तरमा चुनावी बाकसको खेल खेलेर तल्लो स्तरसम्म अनावश्यक तिक्तता र मतभेद बढाउने कार्य गरेको एमाले कार्यकर्ताहरुले बताएका छन् ।

जिम्मेवार नेतृत्वबाट पालिका र वडा तहमा जबर्जस्त गुट बनाएर भिडन्त गराउने प्रयत्न भईरहदा कार्यकर्ता भने नेतृत्व संग सकारात्मक नभएको स्रोतले बताएको छ ।

यस्तै वालिङ् र गल्याङको नगर अधिबेशन समेत पेचिलो बन्दै गएको देखिन्छ । गल्याङ नगरपालिकाको अध्यक्षमा पुर्व मेयर भुपराज अधिकारी,दान बहादुर थापा र यज्ञ अर्याल लगायतले चाहाना व्यक्त गरेको बुझिएको छ भने कतिपयलाई अगाडि सार्ने प्रयास गरिएको छ ।

यता वालिङमा समेत नगर अध्यक्षको लागि हालका अध्यक्ष शोभाकान्त पौडेल र पुन्य अर्यालले गतिविधि बढाईरहेको बुझिएको छ ।

तुलनात्मक ढंगले वालिङ एमालेमा क्रियशिल रहेका पौडेललाई अधिकांशले नगर अध्यक्षमा अगाडि सार्न दबाब दिएको समेत बुझिएको छ  ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।