काठमाडौं, पुस १५ - गंगालाल माध्यमिक विद्यालय, चापाकोटको स्वर्ण जयन्तीको तयारी तीव्र बनेको छ। काठमाडौंको बसुन्धारामा आयोजित भेलाले डा. बुद्...
काठमाडौं, पुस १५ - गंगालाल माध्यमिक विद्यालय, चापाकोटको स्वर्ण जयन्तीको तयारी तीव्र बनेको छ। काठमाडौंको बसुन्धारामा आयोजित भेलाले डा. बुद्धिमान श्रेष्ठको संयोजकत्वमा २१ सदस्यीय चापाकोट काठमाडौं सहयोग उपसमिति गठन गरेको छ।
समितिमा रामप्रसाद श्रेष्ठ, विमल आचार्य, मेघनाथ चापागाई, जगदिश डोटेल लगायत १६ जना सदस्य छन्। भेलामा चापाकोट नगरप्रमुख देव बहादुर खाँण (इश्वर), विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरियण्लाल आचार्य, प्राचार्य गोपाल रेग्मी र विभिन्न क्षेत्रका ६० भन्दा बढी व्यक्तिहरू सहभागी थिए।
सल्लाहकार उपसमितिको संयोजकमा तिलप्रसाद श्रेष्ठ चयन भएका छन्।
उपसमितिले स्वर्ण जयन्ती सफल बनाउन आर्थिक संकलन, प्रचार-प्रसार, र शुभचिन्तकहरूको नामावली संकलनलाई तीव्रता दिएको छ। विद्यालयको स्वर्ण जयन्ती कार्यक्रम माघ १०-१६ सम्म चापाकोट-९ सुन्तौलिटारमा हुने विद्यालयका प्राचार्य गोपाल रेग्मीले जानकारी
दिए।