Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

स्याङ्जामा श्रृङखलाबद्ध चोरीको घटना बढ्दो

  स्याङ्जा पौष २१, पछिल्लो समय स्याङ्जामा श्रृङखलाबद्ध चोरीको घटना बढ्न थालेको छ । गए राती वालिङ र गल्याङ को ३ स्थानमा एकै पटक चोरी भएको छ ।...

 


स्याङ्जा पौष २१,

पछिल्लो समय स्याङ्जामा श्रृङखलाबद्ध चोरीको घटना बढ्न थालेको छ । गए राती वालिङ र गल्याङ को ३ स्थानमा एकै पटक चोरी भएको छ । वालिङ १३ को बाँयटारीका भीमलाल पराजुलीको घरबाट साढे दश तोला सुन र नगद २० हजार चोरी भएको छ । यस्तै , पराजुलीसँगै रहेको स्टेशनरीबाट दश हजार नगद चोरिएको छ । पराजुलीका अनुसार चोरले छडको टुक्रा प्रयोग गरेर दराज फोरेका थिए ।रातीको समयमा सुति रहेको अवस्थामा चोरी हुँदा कसैले पनी थहा पाउन नसकेको पराजुलीको भनाई छ ।

गाउँ सुधार दुग्ध उत्पादक सहकारी बाट ५ हजार र ग्रिन भिलेज हाईवे कटेजबाट ५ हजार नगद सहित १५ हजार बराबर मदिरा जन्य वस्तु तथा पेय पदार्थ चोरी भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।

सिसी क्यामेरा को भिडियो र फिङ्गर प्रिन्ट सङ्कलन गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

केही समय अगाडि गल्याङ र मालुङ्गा भएको चोरीमा पनि झन्डै दश तोला सुन चोरिएको थियो । स्याङ्जामा वर्षेनी पुस माघको समयमा चोरीको घटना बढ्दै गएको छ ।

बढ्दो बेरोजगारीको कारण यस्ता घटनामा बेरोजगार युवाहरु संलग्न हुने स्थानीय को बुझाई छ ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।