Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

चौथो रामपुर महोत्सव भोलि देखि हुँदै, मेलाको तयारी पुरा

 माघ १४ । पाल्पा, रामपुरमा हुन गैरहेको चौथो रामपुर महोत्सव, कृषि प्रदर्शनी एवं व्यापार मेलाको भोलि मंगलबार देखि सुरु हुँदैछ । उद्योग तथा व्य...


 माघ १४ ।

पाल्पा, रामपुरमा हुन गैरहेको चौथो रामपुर महोत्सव, कृषि प्रदर्शनी एवं व्यापार मेलाको भोलि मंगलबार देखि सुरु हुँदैछ । उद्योग तथा व्यवसायलाई थप चलायमान गराउनुका साथै कालीगण्डकी उपत्यकाको पर्यटन प्रवद्र्धन, संघको निर्माणाधिन भवनलाई पूर्णता, घरेलु तथा कुटिर उद्योग, कृषिको उत्थान, कला संस्कृतिको जगेर्ना गर्नु साथै व्यावसायिक सम्भावनाको उजागर गरी लगानी मैत्री वातावरण सृजना गर्ने उद्देश्यका साथ चौथो संस्करणको मेला हुन लागेको हो ।

“आर्थिक समृद्धिका लागि उद्योग र व्यापार कालीगण्डकी उपत्यका विकासको आधार” भन्ने नारा सहित माघ १५ देखि २७ गते सम्म हुन गैरहेको मेलाको मेलाको तयारी पुरा भएको आयोजक रामपुर उद्योग वाणिज्य संघले जनाएको छ ।संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा हुन गैरहेको मेलाको पूर्व सन्ध्यामा पत्रकार भेटघाट गरी संघले सोमबार साँझ अन्तिम तयारीको बारेमा जानकारी गराएको हो । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवं मेला मुल आयोजक समितिका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले मेलाको तयारीको कार्य सकिएको जानकारी दिनुभयो । चौथो संस्करणको मेला विशेष गरी कालीगण्डकी वेशी क्षेत्रकोे पहिचान, स्थानीय उत्पादनको बजारिकरण, कला संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्धन एवं प्रचारप्रसार संगै उद्योग, व्यापार र पर्यटनको सम्भावनाको उजागर गर्ने उद्देश्यका साथ मेला सञ्चालन गर्न लागिएको ढकालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मेला तयारीको अधिकांश काम सम्पन्न भैसकेको छ । बाँकी तयारीको काम आज राति र भोलि विहान सम्म गरेर सम्पन्न गर्नेछौं ।” मेला स्थलमा विगतमा उट्घाट्न पछि मात्र व्यवसायीहरु स्टलमा आउने गरे पनि यस पटक अगाडी नै अधिकांश व्यवसायीहरु स्टलमा आईसकेको जानकारी दिनुभयो । मेलामा ३ सय ५० भन्दा बढी व्यापारिक स्टलहरु मध्ये स्थानीय कृषि उपज, घरेलु तथा कुटीर उद्योग, हस्तकला तथा महिला उद्यमीले उत्पादन गरेका सामग्री, मौलिक खानाका परिकारलाई प्रथामिकता दिईने उहाँले बताउनुभयो । यस पटक यस क्षेत्रको विभिन्न जातजातिहरु मगर, नेवार, दरै र चेपाङको मौलिक खानाका लागि चार वटा स्टल राखिने जानकारी दिनुभयो ।

विगतको तुलनामा मेलालाई थप परिस्कृत र सुधार गरी सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिदै उहाँले भन्नुभयो, “मेला बाट आयात भन्दा बढी यहाँका स्थानीय सामग्री निर्यात कसरी गर्न सकिन्छ भन्ने केन्द्रित भएका छौं ।” याहाँका कला संस्कृति संग सम्बन्धित झाँकी प्रदर्शनीलाई प्रथमिकता दिईने जानकारी दिनुभयो । मेलामा दुई देखि तीन लाख दर्शक भित्र्याउने र एक करोड २० लाख आम्दानी गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो । संघले रामतुलसी माविको खेल मैदान बेझाँडमा १३ दिन सम्म सञ्चालन हुने मेलामा प्रतिष्ठित उद्योग बाट उत्पादित सामग्री तथा स्थानीय उत्पादन सहितको व्यापारिक स्टल, बालउद्यान, कृषि प्रदर्शनी, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शनी, मौलिक खानाका परिकार विक्री वितरण, घरेलु तथा साना उद्योग एवं महिला उद्यमीबाट उत्पादित बस्तु प्रदर्शनी तथा विक्री हेलिकप्टर, प्यारागलाईडिङ्ग बाट दृश्य अवलोकन, अण्डर वटर फिस टनेल, दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुति सहित लोक दोहोरी प्रतियोगिता, रामपुरडान्स आईडल, ऐतिहासिक धार्मिक, एवं पर्यटकिय स्थलको फोटो प्रदर्शनी आकर्षणको रुपमा रहने संघले जनाएको छ ।

महोत्सव समुद्घाटठन अघि मंगलबार विहान ११ बजे विभिन्न कला संस्कृति संग सम्बन्धित सांस्कृतिक झाँकी सहितको र्याली निकालिने आयोजकले जनाएको छ । दिउँसो नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले महोत्सवको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सव अवलोकनका लागि ८० वर्ष भन्दा माथिका जेष्ठ नागरिक, फरक क्षमता भएका नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । विद्यार्थी र ८० वर्ष मुनिका जेष्ठ नागरिकलाई ५० रुपियाँ र अन्य नागरिकलाई एक सय रुपियाँ प्रवेश शुल्क तोकिएको छ ।

पत्रकार भेटघाट कार्यक्रममा पत्रकार रामचन्द्र नेपाल, बन्दना पोखरेल, सीता डोटेल, इमान सिं राना, प्रकाश ज्ञावली, शोभाकान्त पाठकले आफ्‌नो जिज्ञासा सहितको प्रश्न राख्नु भएको थियो । संघका विभिन्न उपसमितिको उपस्थितिमा भएको पत्रकार भेटघाट कार्यक्रम महोत्सव प्रचार प्रसार समितिका संयोजक बासुदेव ढकालको अध्यक्षता र सहसंयोजक दुर्गेश मल्लको सञ्चालनमा भएको थियो । मेलाको पूर्व सन्ध्यामा रामपुरको मुख्य बजार बेझाँड सहित अन्य बजार क्षेत्र बेहुली झै सिंगारिएको छ । महोत्सवको लागि विभिन्न स्थानमा स्वागत द्वार निर्माण र ध्वजा पटका टाँगिएको छ ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।