Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

गंगालाल माविको स्वर्ण जयन्ती मनाउन सम्पूर्ण तयारी पूरा, पूर्व उपप्रधानमन्त्री श्रेष्ठले उद्दघाटन गर्दै

 चापाकोट, १४ माघ। चापाकोट नगरपालिका–९ मा रहेको गंगालाल माध्यमिक विद्यालयको स्वर्ण जयन्ती मनाउनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। विद्यालयका...


 चापाकोट, १४ माघ। चापाकोट नगरपालिका–९ मा रहेको गंगालाल माध्यमिक विद्यालयको स्वर्ण जयन्ती मनाउनका लागि सम्पूर्ण तयारी पूरा भएको छ।


विद्यालयका प्रधानाध्यापक गोपाल रेग्मीका अनुसार स्वर्ण जयन्तीको अन्तिम तयारीस्वरूप विद्यालयमा रङरोगन, स्वर्ण स्तम्भ, प्रतिक्षालय, डिजिटल बोर्ड, र मैदान निर्माणजस्ता कामहरू पूरा भएका छन्।


स्वर्ण जयन्तीको उद्घाटन आज पूर्व उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले गर्ने कार्यक्रम तय भएको छ।


यस्तै, माघ १६ गते हुने समापन कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको उपस्थिति रहनेछ भनी प्रधानाध्यापक रेग्मीले जानकारी दिनुभयो।


विद्यालयले स्थापनामा योगदान पुर्‍याउने अग्रजहरूको सम्मानमा कार्यक्रम आयोजना गर्दै विभिन्न पेशा र क्षेत्रमा रहेका पूर्वविद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाहरूलाई उपस्थितिका लागि निमन्त्रणा गरेको छ।


स्याङ्जाको दक्षिणपूर्वी भूभागमा पर्ने सुन्तौलिटारमा वि.सं. २०३१ मा स्थापना भएको गंगालाल माध्यमिक विद्यालयले २०३४ सालबाट विद्यार्थीहरूलाई एसएलसी परीक्षामा सहभागी गराउन थालेको थियो।


विद्यालयले स्वर्ण जयन्तीको अवसरमा आजदेखि १६ गतेसम्म विविध सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्दै यो विशेष अवसर मनाउँदैछ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।