Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

बाख्रा चराउन जंगल गएका दुई किशोरी मृत फेला

 अछाम । अछामको ढकारी गाउँपालिका–१ छिन्ने वडार जंगलमा दुई किशोरी मृत अवस्थामा फेला परेका छन् । ढकारी गाउँपालिका–८ पल्साँताकी १४ वर्षीय सरस्वत...


 अछाम । अछामको ढकारी गाउँपालिका–१ छिन्ने वडार जंगलमा दुई किशोरी मृत अवस्थामा फेला परेका छन् ।


ढकारी गाउँपालिका–८ पल्साँताकी १४ वर्षीय सरस्वती खड्का र १५ वर्षीय ईश्वरी खड्का शनिबार जंगलमा मृत भेटिएकी हुन् ।


जिल्ला प्रहरी कार्यालय अछामका अनुसार अलग–अलग स्थानमा किशोरीको शव फेला परेको छ हो


शव शनिबार साँझ फेला परेको भएपनि रातको समयमा अनुसन्धान गर्न कठिन भएकाले आइतबार जिल्लाबाट टोली हिँडेको प्रहरीले जनाएको छ।


प्रहरीका अनुसार उनीहरू शुक्रबार दिउँसो बाख्रा चराउन छिन्ने जङ्गल गएका थिए। बेलुका बाख्रा–पाठा घर फर्किए तर किशोरी फर्किएका थिएनन्।


शनिबार आफन्त तथा गाउँले किशोरीको खोजीमा निस्किँदा शव फेला पारेको भन्दै प्रहरीलाई खबर गरेका थिए।


मृत्युको कारण हालसम्म खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।