Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

स्याङ्जाको अर्जुन चौपारीमा आगलागी हुँदा लाखौंको क्षति

 स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका – ५ गैराथरमा गोठमा लागेको आगलागीले लाखौंको क्षति पुर्याएको छ। चौपायाहरूलाई कुँडो पकाउने क्रममा आग...


 स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका – ५ गैराथरमा गोठमा लागेको आगलागीले लाखौंको क्षति पुर्याएको छ। चौपायाहरूलाई कुँडो पकाउने क्रममा आगो फैलिएको बताइएको छ।


जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलका अनुसार आगलागीले स्थानीय सूर्य प्रसाद पौडेलको दुई तले जस्ताको छानो भएको गोठमा ठूलो क्षति पुर्याएको छ। घटनामा करिब २० भारी पराल जलेर नष्ट भएको र अन्दाजी आठ लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ।


प्रहरी नायब उपरीक्षक पौडेलका अनुसार आगलागी नियन्त्रणमा आइसक्दा कुनै मानवीय क्षति नभए पनि पशुहरूमा ठूलो क्षति भएको छ। घटनामा एउटा भैंसी, भैंसीको पाडो, र दुईवटा बाख्राको मृत्यु भएको छ भने एउटा गोरु गम्भीर रूपमा घाइते भएको

 छ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।