Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

स्याङ्जामा भेटियो टु–इन्च मोटार सेल (बम)

 स्याङ्जा जिल्लामा टु–इन्च मोटार सेल (बम) फेला परेको छ। पुतलीबजार नगरपालिका–१४ स्थित लामागे फाँटको खेतमा उक्त बम भेटिएको हो। स्थानीय ७१ वर्ष...


 स्याङ्जा जिल्लामा टु–इन्च मोटार सेल (बम) फेला परेको छ। पुतलीबजार नगरपालिका–१४ स्थित लामागे फाँटको खेतमा उक्त बम भेटिएको हो।


स्थानीय ७१ वर्षीय विष्णुप्रसाद पौडेलले आफ्नो खेतमा जेसीबी मेसिन प्रयोग गरी सम्याउने क्रममा जमिनको सतहभन्दा करिब एक हात तल तार जडित फलामको बोतलजस्तो शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए।


बिहानै शंकास्पद वस्तु भेटिएपछि प्रहरी निरीक्षक प्रवेश तिवारीको नेतृत्वमा उक्त वस्तु वरपरको क्षेत्रलाई कर्डन टेपले घेराबन्दी गरी सुरक्षा प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता हरिप्रसाद पौडेलले जानकारी दिएका छन्।


डिस्पोजलका लागि नेपाली सेनालाई जानकारी गराइएको र सिंह शार्दूल गुल्म आँधीखोला ब्यारेकबाट क्याप्टेन कल्याण थापाको टोलीले उक्त वस्तु टु–इन्च मोटार सेल (बम) भएको पुष्टि गरेको डिएसपी पौडेलले बताए।


पोखरास्थित पृतनाबाट बम निष्क्रिय पार्ने टोली आउँदै गरेको र टोली आएपछि उक्त बमलाई निष्क्रिय गरिने जानकारी प्रहरी नायब उपरीक्षक पौडेलले दिएका छन्।


२०५८ साल मंसिर ८ गते माओवादीले स्याङ्जामा आक्रमण गर्ने क्रममा उक्त टु–इन्च मोटार सेल (बम) त्यहाँ छोडिएको हुन सक्ने अनुमान 

गरिएको छ।


धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।