Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

गुडिरहेको बसको ढोकाबाट खसेर एकजनाको मृत्यु

 गुल्मी,  गुडिरहेको बसको ढोकाबाट खसेर एकजना को मृत्यु भएको छ । बुटवल देखि मालिका गाउँपालिकाको अर्खाबाङ जाँदै गरेको तम्घास सिमलटारी सडक खण्डम...


 गुल्मी,  गुडिरहेको बसको ढोकाबाट खसेर एकजना को मृत्यु भएको छ ।

बुटवल देखि मालिका गाउँपालिकाको अर्खाबाङ जाँदै गरेको तम्घास सिमलटारी सडक खण्डमा लु १ ख ५७३६ नम्वरको बसको ढोकाबाट खसेर इश्मा गाउँपालिका ५ की ३९ वर्षीया शान्ती कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिनुभयो । बसका सहचालक र कुमालबीच भाडाको विषयमा विवाद भएको र चलिरहेको बसको ढोकाबाट खसेर घाइते हुनुभएकी कुमाललाई गुल्मी अस्पतलमा ल्याइएको थियो । अस्पतालले कुमाललाई मृत घोषणा गरेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।