स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा मंगलबार बिहान भएको जिप दुर्घटनामा पाँच जना घाइते भएका छन्। वालिङ्बाट सिरबानीतर्फ जाँदै गरेको ग १ च ८९...
वालिङ्बाट सिरबानीतर्फ जाँदै गरेको ग १ च ८९१३ नम्बरको स्कार्पियो जिप वालिङ–पर्वत कच्ची सडकखण्डमा अनियन्त्रित भई सडकबाट चार मिटर तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते हुनेहरूमा ६३ वर्षीय उमापति डुम्रे, ७८ वर्षीय कोषकान्त डुम्रे, ५२ वर्षीय भिम प्रसाद डुम्रे (वालिङ नगरपालिका–१४), ३३ वर्षीया कुमाकला तिवारी र ११ वर्षीय कमल तिवारी (पैँयु गाउँपालिका–६, हुवास) रहेका छन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिएसपी हरिप्रसाद पौडेलका अनुसार घाइतेहरूको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
स्कार्पियोमा चालकसहित आठ जना सवार थिए, जसमा तीन जना सकुशल रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।