Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

स्याङ्जाको चापाकोटमा सातौँ मेयर कप फागुन २१ गतेदेखि सुरु हुँदै

 स्याङ्जा — चापाकोट नगरपालिका–९ सुन्तलिटारमा सातौँ मेयर कप प्रतियोगिता आयोजना हुने भएको छ। चापाकोट नगरपालिकाको आयोजनामा फागुन २१ गतेदेखि सुर...


 स्याङ्जा — चापाकोट नगरपालिका–९ सुन्तलिटारमा सातौँ मेयर कप प्रतियोगिता आयोजना हुने भएको छ। चापाकोट नगरपालिकाको आयोजनामा फागुन २१ गतेदेखि सुरु हुने प्रतियोगिता सातौँ संस्करणको रूपमा सञ्चालन गर्न लागिएको हो।

प्रतियोगितामा फुटबल, क्रिकेट, भलिबल, र व्याडमिन्टन खेल समावेश गरिएका छन्। पुरुष क्रिकेट प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीलाई २५ हजार रुपैयाँ नगद, मेडल, कप र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो स्थान प्राप्त गर्ने टोलीले १५ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र पाउनेछ।


त्यस्तै, पुरुष फुटबलमा प्रथम हुने टोलीलाई ३० हजार रुपैयाँसहित मेडल, कप र प्रमाणपत्र प्रदान गरिनेछ। दोस्रो स्थान हासिल गर्ने टोलीले २० हजार रुपैयाँ नगद, कप, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछ भने तृतीय स्थान प्राप्त गर्ने टोलीले १० हजार रुपैयाँ पुरस्कारस्वरूप पाउनेछ।


पुरुष भलिबलतर्फ पनि पुरस्कार संरचना उस्तै राखिएको छ, जसअनुसार प्रथम हुने टोलीले ३० हजार रुपैयाँ, दोस्रो हुने टोलीले २० हजार रुपैयाँ र तृतीय स्थान हासिल गर्ने टोलीले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।


व्याडमिन्टन प्रतियोगितामा भने प्रथम हुने टोलीलाई १५ हजार, दोस्रो हुने टोलीलाई १० हजार, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने टोलीहरूलाई समान ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।


प्रतियोगिता चापाकोट नगरपालिका–९ सुन्तलिटारस्थित गंगालाल माविको खेलमैदान र नगरपालिकाको प्राङ्गणमा सञ्चालन हुने छ। प्रतियोगिताको व्यवस्थापन नगर खेलकुद विकास समितिले गर्नेछ। नगर प्रमुख देब बहादुर खाँणका अनुसार खेलाडीहरूको प्रतिभा उजागर गर्ने र खेल क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।