गुल्मीको पुर्तिघाटबाट स्याङ्जाको वालिङ जाँदै गरेको लु १ ज ४४६० नम्बरको जिप पर्वत जिल्लाको बिहादी गाउँपालिका-३, लिदीमा आज बिहान दुर्घटनाग्रस...
दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। घटनास्थलमा रहेका वालिङ-१२ निवासी इन्द्र भट्टराईका अनुसार प्रहरी टोली पुगिसकेको छ।
दुर्घटनामा पर्वत निवासी ६१ वर्षीय मीनप्रसाद उपाध्याय र गुल्मी कालिगण्डकी निवासी ६५ वर्षीय लिलाचन भट्टको ज्यान गएको छ। साथै, सहचालक गम्भीर घाइते भएको जानकारी प्राप्त भएको छ।
जिपमा रहेका अधिकांश यात्रु वालिङ पेन्सन लिन जाँदै गरेको बुझिएको छ। घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको प्रहरी स्रोतले जनाएको छ।