चापाकोट, स्याङ्जा । द राइजिङ् ग्रुप चापाकोटले होली पर्वको अवसरमा विशेष सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। चापाकोट नगरपालिका-९, सुन्त...
कार्यक्रममा "अदृश्य किरण ब्याण्ड" सहित विभिन्न कलाकारहरूको प्रस्तुति रहनेछ। साथै, स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सहभागिता रहने भएकाले कार्यक्रममा उत्साहजनक माहोल सिर्जना हुने अपेक्षा गरिएको छ।
द राइजिङ् ग्रुप चापाकोटद्वारा आयोजित यस कार्यक्रमले स्थानीय संस्कृति प्रवर्द्धन गर्दै होली पर्वलाई थप रङ्गीन बनाउने विश्वास गरिएको छ। आयोजकहरूले सम्पूर्ण चापाकोटवासीलाई कार्यक्रममा उपस्थित भई उत्सवको आनंद लिन हार्दिक निमन्त्रणासमेत गरेका छन्।