Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

द राइजिङ् ग्रुप को आयोजनामा चापाकोटमा होली मिलन कार्यक्रम हुने

 चापाकोट, स्याङ्जा । द राइजिङ् ग्रुप चापाकोटले होली पर्वको अवसरमा विशेष सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। चापाकोट नगरपालिका-९, सुन्त...


 चापाकोट, स्याङ्जा । द राइजिङ् ग्रुप चापाकोटले होली पर्वको अवसरमा विशेष सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। चापाकोट नगरपालिका-९, सुन्तलीटारमा आयोजना हुने उक्त होली मिलन कार्यक्रम २०८१ साल फागुन २९ गते बिहान ११:०० बजे सुरु हुने आयोजकले जनाएका छन्।


कार्यक्रममा "अदृश्य किरण ब्याण्ड" सहित विभिन्न कलाकारहरूको प्रस्तुति रहनेछ। साथै, स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सहभागिता रहने भएकाले कार्यक्रममा उत्साहजनक माहोल सिर्जना हुने अपेक्षा गरिएको छ।


द राइजिङ् ग्रुप चापाकोटद्वारा आयोजित यस कार्यक्रमले स्थानीय संस्कृति प्रवर्द्धन गर्दै होली पर्वलाई थप रङ्गीन बनाउने विश्वास गरिएको छ। आयोजकहरूले सम्पूर्ण चापाकोटवासीलाई कार्यक्रममा उपस्थित भई उत्सवको आनंद लिन हार्दिक निमन्त्रणासमेत गरेका छन्।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।