Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

कालीगण्डकी नदी किनारमा मजदुरको सव भेटियो

स्याङ्जा, चैत्र ३ कालीगण्डकी करिडोर अन्तर्गत राम्दी रानीमहल खण्डमा कामगर्ने कामदारको कालीगण्डकी नदीमा शव भेटिएको छ । गत फागुन २६ गते बेलुका ...


स्याङ्जा, चैत्र ३

कालीगण्डकी करिडोर अन्तर्गत राम्दी रानीमहल खण्डमा कामगर्ने कामदारको कालीगण्डकी नदीमा शव भेटिएको छ ।

गत फागुन २६ गते बेलुका क्याम्पमा खाना खाएर सुतेका सिन्धुली जिल्ला गोलाचौरका भोजराज अस्लामी बिहान विस्तारामा थिएनन् । उनले डोजर अपरेटरका रुपमा काम गर्थे । शनिबार प्रहरीले अस्लामीको शव वगनासकाली गाउँपालिकाको यम्घा गाउँको मलाई चौर भन्ने ठाउँमा कालीगण्डकीमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी सुनिल मल्लका अनुसार शनिवार नै यस सडक खण्डमा कामदारका रुपमा काम गर्दै आएका दाङ तुल्सीपुर उपमहानगर ३ का तेज बहादुर रास्कोटी समेतको शव भेटिएको थियो । उनी गत फागुन २९ गते कालीगण्की नदीमा नुहाउने क्रममा डुवेर वेपत्ता भएका थिए ।


प्रहरी चौकी राम्दीको समन्वय र स्थानीयको सहयोगमा नदीमा खोज्ने क्रममा २ सय मिटर तल रास्कोटीको शव भेटिएको थियो । सुचना अधिकारी मल्लका अनुसार डोजर अपरेटर भोजराज अस्लामीको मोवाइल समेत विस्तरामा भेटिएको थियो । खाना खाएर सुतेको एकाएक विस्तारामा नभेटिदा क्याम्पबाट प्रहरी चौकी राम्दीमा खवर गरेका थिए । प्रहरीले खोज्ने क्रममा ६ दिन पछि उनको शव नदीमा भेटिएको थियो ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।