Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

चापाकोटमा सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न

 स्याङ्जा, चैत १० – लागुऔषध दुरुपयोग नियन्त्रण, साइबर अपराध र लैङ्गिक हिंसा न्यूनीकरण गर्ने उद्देश्यले स्याङ्जा जिल्ला प्रशासन कार्यालयको आय...


 स्याङ्जा, चैत १० – लागुऔषध दुरुपयोग नियन्त्रण, साइबर अपराध र लैङ्गिक हिंसा न्यूनीकरण गर्ने उद्देश्यले स्याङ्जा जिल्ला प्रशासन कार्यालयको आयोजना तथा चापाकोट नगरपालिकाको व्यवस्थापनमा सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

चापाकोट नगरपालिका–९ स्थित सिटी हलमा आयोजित उक्त कार्यक्रममा नगर प्रमुख देव बहादुर खाँड (ईश्वर) को अध्यक्षता, प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शालिग्राम शर्माको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भयो।



प्रशिक्षण कार्यक्रममा गंगालाल मावि, श्री किसान बहुप्राविधिक शिक्षालय र जनहित माविका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू सहभागी भएका थिए। कार्यक्रममार्फत विद्यार्थीहरूलाई लागुऔषध दुरुपयोग नियन्त्रण, साइबर अपराध तथा लैङ्गिक हिंसासम्बन्धी जानकारी प्रदान गरिनुका साथै अन्तर्क्रिया समेत गरिएको थियो।


प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र प्रहरी उपरीक्षक शालिग्राम शर्माले प्रशिक्षण दिँदै, यस्ता सचेतनामूलक कार्यक्रमहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका थिए।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।