Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

जिल्ला खेलकुद विकास समिति स्याङ्जाको कोषाध्यक्षमा खाँण मनोनित

 स्याङ्जा, – गण्डकी प्रदेश खेलकुद परिषद्ले स्याङ्जा जिल्ला खेलकुद विकास समितिको कोषाध्यक्ष पदमा चापाकोट नगरपालिका–२, स्याङ्जा निवासी श्री धि...


 स्याङ्जा, – गण्डकी प्रदेश खेलकुद परिषद्ले स्याङ्जा जिल्ला खेलकुद विकास समितिको कोषाध्यक्ष पदमा चापाकोट नगरपालिका–२, स्याङ्जा निवासी श्री धिराज खाँणलाई मनोनयन गरेको छ।


परिषद्का माननीय अध्यक्ष तथा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रीको निर्णय अनुसार २०७९ सालमा पारित प्रदेश खेलकुद परिषद् नियमावलीको दफा १९ (१) बमोजिम उहाँलाई नियुक्त गरिएको हो। गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको निर्देशनअनुसार गरिएको यो मनोनयनले जिल्ला खेलकुदको विकासमा टेवा पुर्‍याउने विश्वास लिइएको छ।


नवनियुक्त कोषाध्यक्ष धिराज खाँणलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै परिषद्ले उहाँको कार्यकालले स्थानीय खेलकुद गतिविधि प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरेको छ।



धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।