Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

पाल्पामा जिप दुर्घटना: एकको मृत्यु, पाँच जना घाइते

 पाल्पा, बगनासकाली — पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका–४, खानीछाँपस्थित बेलडाँडामा आइतबार राति जिप दुर्घटना हुँदा एक किशोरीको ज्यान गएको ...


 पाल्पा, बगनासकाली — पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका–४, खानीछाँपस्थित बेलडाँडामा आइतबार राति जिप दुर्घटना हुँदा एक किशोरीको ज्यान गएको छ भने पाँच जना यात्रु घाइते भएका छन्।


तानसेनबाट चापपानी खहरेखोला हुँदै खानीछाँप जाँदै गरेको लु १ ज १७२४ नम्बरको जिप बेलुकी करिब ८ बजेतिर दुर्घटनामा परेको हो। कालीगण्डकी गाउँपालिका–३ वैघाकी १७ वर्षीया एलिजा सारुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार, ब्रेक फेल भएपछि जिप सडकमै पल्टिएको र त्यसक्रममा च्यापिएर सारुको मृत्यु भएको बताइएको छ।


दुर्घटनामा अन्य पाँच यात्रु घाइते भएका छन्। तीमध्ये एक जनाको टाउकोमा गम्भीर चोट लागेको छ भने बाँकीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। सबै घाइतेको उपचारका लागि तानसेनस्थित अस्पतालमा पठाइएको छ।


दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल मल्लले जानकारी दिनुभयो।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।