Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

स्याङ्जाका थप ६ जना कोरोना संक्रमितको निधन

  स्याङ्जा, ९ जेठ । स्याङ्जाका थप ६ जना कोरोना संक्रमितको उपचारको क्रममा र होमआइसोलेनमा निधन भएको छ ।  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ...

 


स्याङ्जा, ९ जेठ । स्याङ्जाका थप ६ जना कोरोना संक्रमितको उपचारको क्रममा र होमआइसोलेनमा निधन भएको छ । 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पुतलीबजार नगरपालिका र हरिनास गाउँपालिकाका दुई/दुई जनाको मृत्यु भएको छ । त्यसै गरी वालिङ नगरपालिकाका र बीरुवा गाउँपालिकाका एक/एक कोरोना संक्रमितको उपचारको क्रममा निधन भएको स्वास्थ्य निर्देशनालय पोखराले बताएको छ ।



गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् निर्देशक विनोद विन्दु शर्माका अनुसार पुतली बजार नगरपालिका वडा नं १ की ७२ वर्षीय संक्रमित महिलाको उपचारको क्रममा मेडिकल कलेज पोखरामा उपचारको क्रममा निधन भएको हो । उहाँलाई जेठ ५ गते कोरोना पुष्टि भएको थियो ।

त्यसै गरी पुतलीबजार नगरपालिका वडा नं १४ का ५३ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा शुक्रबार निधन भएको छ। उहाँलाई जेठ ६ गते संक्रमण पुष्टि भएको थियो ।

त्यसै गरी हरिनास गाउँपालिका वडा नं १ की ९३ वर्षीय कोरोना संक्रमित महिलाको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा निधन भएको छ । उहाँलाई जेठ ४ गते क्रोरोना संक्रमण पुष्टि भएका थियो ।

हरिनास गाउँपालिका वडा नं २ का ६७ वर्षीय कोरोना संक्रमित पुरुषको होम आइसोलेनमा शुक्रबार निधन भएको छ । उहाँलाई बिहीबार संक्रमण पुष्टि भएको थियो ।

त्यसै गरी वालिङ नगरपालिका वडा ९ का ५६ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा आज निधन भएको छ । उहाँलाई जेठ ४ गते संक्रमण पुष्टि भएको थियो ।

निर्देशक शर्माका अनुसार विरुवा गाउँपालिकाका वडा नं ७ की ६० वर्षीय कोरोना संक्रमित महिलाको पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको छ । उहाँलाई बैशाख २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमा तीन/तीन जना पुरुष र महिला रहेका छन् ।

धेरै पढीयको समाचार

Featured Post

विमलाको निधनपछि गण्डकीमा सांसद बन्नेछिन् स्याङ्जाकी सुनिता

१ मंसिर, पोखरा । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि अब उनको ठाउँमा स्याङ्जाकी सुनिता थापा सांसद बन्ने भएकी छन् । गौचन प्रदेश ...

बलग भित्र खोज्नुहोस् ।