Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

पिपलको रुखबाट खसेर स्याङ्जा साँखरकी ढकालकाे मृत्यु

  स्याङ्जामा पिपलको रुखबाट खसेर एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा चापाकोट नगरपालिका वडा नं. ७ साँखरकी ३५ वर्षीया सिर्जना ढकाल रहेकी छन...


 स्याङ्जामा पिपलको रुखबाट खसेर एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा चापाकोट नगरपालिका वडा नं. ७ साँखरकी ३५ वर्षीया सिर्जना ढकाल रहेकी छन् ।


जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसी) इन्द्रबहादुर रानाका अनुसार ढकाल आज बिहान ७ बजे आफ्नै बारीमा रहेको पिपलको रूखमा चढी घाँस काट्ने क्रममा अचानक खसे्र गम्भीर घाइते भएकी थिइन् ।


उनको उद्धार गरी उपचारका लागि रामपुर अस्पताल पाल्पा लगिएको र उपचारकै क्रममा बिहान ९ः३० बजे मृत्यु भएको डीएसपी रानाले जानकारी दिए ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।