स्याङ्जा चैत २८, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा काठमाडौं विशेष अदालतमा मुद्दा दर्ता भएसँगै स्याङ्गजाको गल्या...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा काठमाडौं विशेष अदालतमा मुद्दा दर्ता भएसँगै स्याङ्गजाको गल्याङ नगरपालिका को उपप्रमुख हेमा न्यौपाने तिमिल्सीना को पद निलम्बन भएको छ । न्यौपाने स्याङ्जाको गल्याङ ३ को पकवादी सहकारी संस्थाको तत्कालिन उपाध्यक्ष थिईन् ।
गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने सहित कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख नीलकण्ठ पोखरेल, गल्याङका पुर्व वडा अध्यक्ष हरिलाल खनाल, गल्याङका व्यवसायी महेन्द्र श्रेष्ठ,उमा श्रेष्ठ लगायत आठ जनाविरुद्ध मुद्दा दायर भएको हो ।
आयोगले आज मंगलबार निर्देशनालयकै कृषि इञ्जिनियर विश्वनाथ पौडेल, तत्कालिन कृषि अर्थविज्ञ (शाखा प्रमुख) भानुभक्त भट्टराई, स्याङजाको गल्याङ नगरपालिका तीन पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनाल, उपाध्यक्ष हेमा न्यौपाने, सचिव परसुराम खनाल र कोषाध्यक्ष उमा श्रेष्ठ र स्थानीय महेन्द्र भनेर चिनिने श्रीप्रसाद श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको हो ।
उनीहरूविरुद्ध जनही २८ लाख ३७ हजार रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ । स्याङ्गजाको गल्याङ्ग नगरपालिकामा रहेको पकवादी कृषि सहकारी संस्थाले भवन निर्माण गर्न भनी कृषि निर्देशनालय, गण्डकी प्रदेश पोखराबाट अनुदान प्राप्त गरेको थियो ।
सोही भवन निर्माणका लागि विनियोजित बजेट हिनामिना गरेको अनुसन्धानबाट खुलेको आयोगका सहसचिव एवम प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए । उनका अनुसार एउटा जग्गा धनी प्रमाण पुर्जा देखाएर पछि अर्को ठाउँमा भवन बनाएको, मापदण्ड मिचेकोलगायतका अनियमितता गरेको पाइएको हो
जनप्रतिनिधिको बिशेश अदालतमा मुद्दा दर्ता भएपछि पद निलम्बन हुने व्यवस्था छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ मा उल्लेख भएबमोजिम कुनै व्यक्ति वा राष्ट्रसेवक कर्मचारीविरुद्ध दफा ३६ बमोजिम मुद्दा दायर भएमा स्वतः निलम्बनमा पर्ने व्यवस्था छ ।
केही समय अगाडि तत्कालीन सुनवल नगर प्रमुख भरत थापाको मुद्दा दर्ता भएपछि पद खारेज भएको थियोे ।