Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

चापाकोटमा लागेको आगो नियन्त्रण बाहिर, सहयोगको लागि अपिल

  स्याङ्जा, १८ वैशाख । स्याङ्जाको चापाकोट नगरपालिकामा १ मैदानमा सोमबारदेखि लागेको आगो नियन्त्रण बाहिर गएको छ । आगोले अहिलेसम्म छ जनाको घर र ...


 स्याङ्जा, १८ वैशाख । स्याङ्जाको चापाकोट नगरपालिकामा १ मैदानमा सोमबारदेखि लागेको आगो नियन्त्रण बाहिर गएको छ । आगोले अहिलेसम्म छ जनाको घर र गोठ जलेर नष्ट गरेको छ भने लाखौँको क्षति पुर्याएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार सम्पास सामुदायिक जंगलमा लागेको आगो फैलिएर सोमबार सोही ठाउँ बस्ने ३ जनाको ३ वटा घर र गोठ जलेर नष्ट भएको छ । 


त्यसैगरी सोही जगंलमा लागेको आगोले वडा नं १ को वरिडाडामा आज थप ३ घर जलेर नष्ट भएको छ भने क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

जंगलमा लागेको आगो गाउँमा आएर थप क्षति हुन नदिने अहिले जनप्रतिनिधि, प्रहरी र स्थानीय लागी परेको स्थानीय गोपीकृष्ण रेग्मीले जानकारी दिनुभयो ।

अहिले गाडीमा पानी बोकेर आगो नियन्त्रण गर्ने प्रयास भइरहेको उहाँको भनाई छ ।

आगो निभाउनेका लागि स्थानीयले सामाजिक सञ्जालमार्फत सहयोगका लागि अपिल गरेका छन् । जंगलमा लागेको आगो अहिलेसम्म नियन्त्रण आउन नसकेको प्रहरीको भनाई छ ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।