Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

सिद्धबाबामा सुरुङमार्ग बनाउन ठेक्का आह्वान

  काठमाण्डाै - सिद्धार्थ राजमार्ग अन्तर्गत रुपन्देही र पाल्पाको सीमा सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको लागि ठेक्का आह्वान भएको छ । भौ...

 


काठमाण्डाै - सिद्धार्थ राजमार्ग अन्तर्गत रुपन्देही र पाल्पाको सीमा सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको लागि ठेक्का आह्वान भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच वर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का आह्वान गरेको हो । जेठको २४ गतेसम्म ठेक्काको लागि निवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

दुई लेनमा बन्ने सुरुङको लम्बाइ ११ सय २७ मिटर हुनेछ । यस्तै सुरुङभित्र कुनै समस्या भएमा बाहिरी सडकसँग लिङ्क गर्नको लागि तीन वटा सहायक सुरुङ हुनेछन् । सहायक सुरुङ डेढदेखि दुई सय मिटरसम्म लामा हुनेछन् ।

सिद्धबाबाको सुरुङमार्ग ११ सय २७ मिटर लामो हुने भए पनि त्यहाँ संरक्षण र पहिरो रोकथामको लागि धेरै काम गर्नुपर्ने भएकाले २८ सय मिटर क्षेत्रमा काम गर्नुपर्ने देखिएको सडक विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालले जानकारी दिनुभयो ।

सिद्धबाबा क्षेत्रमा निक्कै अप्ठ्याराे पहाड भएकाले सुरुङ निर्माणसँगै पहिरो रोकथाम र संरक्षणको काम पनि उत्तिकै चुनौतीपूर्ण रहेको नेपालको भनाइ छ ।

सिद्धबाबामा सुरुङमार्ग निर्माणको लागि अर्थ मन्त्रालयले गएकाे वर्ष नै १० अर्ब रुपैयाँको स्रोत सुनिश्चितता गरेको थियो ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।