Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

रामपुर नगरपालिकाद्वारा कोरोना खोप किन्ने गृहकार्य

  काठमाडौँ १०, जेठ । पाल्पाको रामपुर नगरपालिकाले आफ्ना नगरवासीका लागि कोरोनाविरुद्धको खोप किन्नका लागि सरकारसँग अनुमति मागेको छ । स्वास्थ्य ...

 


काठमाडौँ १०, जेठ । पाल्पाको रामपुर नगरपालिकाले आफ्ना नगरवासीका लागि कोरोनाविरुद्धको खोप किन्नका लागि सरकारसँग अनुमति मागेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदेयश त्रिपाठीलाई आज मन्त्रालयमा नगरपालिकाका प्रमुख रमण थापा सहितको टोलीले भेट गरी खोप किन्ने अनुमति मागेको हो ।


मन्त्री त्रिपाठीले खोप किन्नका लागि सरकारको तर्फबाट पनि केही आर्थिक तथा प्राविधिक सहयोग दिने आश्वासन दिनुभएको नगरप्रमुख थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिकाको प्रयास उदाहरणीय रहेको र किनेर ल्याउन तथा भण्डारणको व्यवस्था गर्न सकेमा त्यसका लागि सरकारले पनि सक्दो सहयोग गर्ने विश्वास दिलाउँदै मन्त्री त्रिपाठीले खुशी व्यक्त गर्नुभयो ।

नगरप्रमुख थापाले आफूले पाउने पारिश्रमिक तथा अन्य सेवा सुविधा र विकास बजेट र जनप्रतिनिधिहरूको भत्ता कटाएर ५० हजार खोप किन्ने योजना नगरपालिकाले बनाएको मन्त्री त्रिपाठीलाई जानकारी दिनुभयो ।

खोप खरिदका लागि नगरपालिकाले भारतका विभिन्न कम्पनीसँग छलफल गरिरहेको छ ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।