Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

चापाकोटमा कुटपिट हुँदा दुई जना गम्भीर घाईते, एक पक्राउ

  स्याङ्जा, ११ बैशाख । स्याङ्जाको चापाकोट नगरपालिकामा एक पुरुषले दुई जनालाई कुटपिट गर्दा उनीहरु गम्भीर घाइते भएका छन् भने कुटपिट गरेको आरोपम...

 


स्याङ्जा, ११ बैशाख । स्याङ्जाको चापाकोट नगरपालिकामा एक पुरुषले दुई जनालाई कुटपिट गर्दा उनीहरु गम्भीर घाइते भएका छन् भने कुटपिट गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्ने चापाकोट नगरपालिका ७ रामघाट बस्ने ५३ वर्षीय बुद्ध बहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

सार्कीले सोही ठाउँ बस्ने नातामा बहिनी पर्ने कुश्मा कुमारी नेपाली र भान्जा पर्ने बिमल नेपालीलाई मादक पदार्थ सेवन गरी धारिलो हतियार दाउराले हानी गम्भीर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार घाईते भएका उनीहरुलाई स्थानीयहरुको सहयोगमा तत्काल पोखरा पठाइएकोमा हाल कुश्मा कुमारी नेपाललाई मेट्रो सिटी अस्पतालमा र विमल नेपालीलाई फेवासिटि अस्पताल राखेर उपचार भइरहेको छ ।

कुश्माको स्वास्थमा क्रमिक सुधार आए पनि विमलको अवस्था सिरियस रहेको प्रहरीले बताएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।