Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

चापाकोटमा स्वास्थ्यसेवा बाहेकका सम्पूर्ण सेवाहरु आजदेखि बन्द

स्याङ्जा, ७ जेठ । स्याङ्जाको चापाकोट नगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आजबाट स्वास्थ्यसेवा बाहेकका सम्पूर्ण सेवाहरु ५ दिनको ल...



स्याङ्जा, ७ जेठ । स्याङ्जाको चापाकोट नगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आजबाट स्वास्थ्यसेवा बाहेकका सम्पूर्ण सेवाहरु ५ दिनको लागि बन्द गरिएको छ ।

कोरोना संक्रमणबाट चापाकोट नगरपालिका वडा नं २ का ६० वर्षीय पुरुषको मृत्यु भएको र कोरोना संक्रमितको संख्या पनि बढ्दै गएपछि आज बसेको नगर कार्यापालिकाको कार्यालय, चापाकोटको स्थानीय विपद व्यवस्थापन समितिको बैठकले स्वास्थ्यसेवा बाहेकका सम्पुर्ण सेवाहरु जेठ ७ गते (आजदेखि) जेठ ११ गतेसम्मका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।

चापाकोट नगरपालिकाका नगरप्रमुख शिव कुमार गिरीले आज जारी गरेको विज्ञप्ति नगरपालिकाभित्रका सबै वडाहरु संक्रमणको उच्च जोखिम देखिएकोले चापाकोट नगरपालिका कार्यालय अन्र्तगतका वडा कार्यालयहरु लगायत सम्पुर्ण बैक तथा वित्तीय संस्थाहरु, सरकारी अर्धसरकारी, गैरसरकारी संस्थाहरु, शिक्षण संस्थाहरुबाट प्रदान हुँदै आएको सम्पुर्णसेवाहरु (स्वास्थ्यसेवा बाहेक) पूर्ण रुपमा बन्द गर्न निर्णय गरिएको बताइएको छ ।

नगरपालिकामा हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १२० पुगेको चापाकोट नगरपालिकाका सूचना अधिकारी एवम् स्वास्थ्य शाखा प्रमुख विन्दु कोइरालाले बताउनुभयो ।




 

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।