स्याङजा,चापाकोट वर्ष दिनअघि स्याङ्जाकी सुनाइसम्बन्धी अपांगता भएकी सुनीता थापाले सांकेतिक भाषामा बनाएको टिकटक भिडियोबारे बीबीसीले सामग्री ...
‘म बोल्न र सुन्न सक्दिनँ तर टिकटकमा भिडियो बनाउँछु,’ सुनीताले भनेकी छन्, ‘बोल्न र सुन्न नसके पनि भिडियोको मैले पनि बोलेको महसुस हुन्छ । अरूले मेरो आवाज सुनेको जस्तो लाग्छ । अनि म खुसी हुन्छु ।’
इन्टरनेटलाई आवाजविहीनहरूको आवाज भनिन्छ।
सुन्न र बोल्न नसक्ने २६ वर्षीया सुनिता थापाका लागि भने यो भनाइ शाब्दिक अर्थमै लागु हुन्छ।
बार्ह वर्षको उमेरमा रोगका कारण बोल्ने र सुन्ने क्षमता गुमाएकी थापाले टिकटकमा आवाज भेटेकी छन्। त्यहाँ उनले साङ्केतिक भाषा प्रयोग गर्नुपर्दैन।
उनका भिडिओहरूमा उनी बोल्छिन् र नाच्छिन्, र उनका भिडिओ हेर्नेहरूको प्रशंसा बटुल्छिन्।
बीबीसीले बनाएको एक सामग्री :-