खगिन्द्र पौडेल/स्याङ्जा : दियालो स्याङ्जाद्धारा सञ्चालित सुुआहारा कार्यक्रमले स्याङ्जा जिल्लाको ११ वटा स्थानीय तहलाई कोरोना नियान्त्रण तथा...
दियालो स्याङ्जाद्धारा सञ्चालित सुुआहारा कार्यक्रमले स्याङ्जा जिल्लाको ११ वटा स्थानीय तहलाई कोरोना नियान्त्रण तथा रोकथामको लागि स्वास्थ्य सामाग्री प्रदान गरेको छ । माहामारीको समयमा अग्र स्थानमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेवीकाहरुको लागि सो सामाग्री हस्तान्तरण गरिएका परियोजना प्रमुख ओमसुव गुरुङले जानकारी दिनुभयो ।
स्याङ्जा जिल्लाका छ सय १४ जना महिला स्वास्थ्य स्वयंसेवीकाको लागि प्रति व्यक्ति ५० पिस मास्क र एक सय एमएलको एक थानका दरले सेनीटाइजर वितरण गरिएको छ । परियोजनाले उनीहरुका लागि ३० हजार सात सय पिस मास्क र छ सय १४ थान सेनिटाईजर प्रदान गरेको हो ।
त्यस्तै जिल्लाका ६८ वटा स्वास्थ्य चौकी र जिल्ला अस्पतालको लागि प्रति स्वास्थ्यचौकी ५० पिस मास्क र पाँच सय एमएलको सेनीटाइजर गरी तीन हजार चार सय पिस मास्क र ६८ वटा सेनिटाइजर हस्तान्तरण गरिएको प्रमुख गुरुङले बताउनु भयो ।
यस्तै परियोजनाले ११ वटा स्थानीय तहको लागि ४५ वटा पि.पि सेट पनि हस्तान्तरण गरेका छ । महामारीको समय अग्रस्थानमा खटिएका स्वास्थ्यकर्मीका साथै महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई थोरै भए पनि सहयोग होस् भनेर स्वास्थ्य सामाग्री प्रदान गरिएकोे सुआहारा परियोजनाका गण्डकी प्रदेश संयोजक याम जिसीले जानकारी दिनु भयो ।
परियोजनाले करेसाबारीको साथै अर्गानिक तरकारीको प्रवद्र्धन गर्दै पोषणको अवस्था उकास्नको लागि सुआहारा कार्यक्रमले ग्रामीण नमुना कृषक र स्थानीय स्रोत व्यक्तिहरुसँग निरन्तर रुपमा काम गर्दै आइरहेको संस्थाले जनाएको छ ।
जिल्लाका ११ वटै पालिकाको पछाडी परेको स्थानहरुमा रहेको स्थानीय स्रोत व्यक्ति र नमुना कृषकहरुको समुुहको सदस्यहरु र सुुनौला हजार दिनका आमाहरुलाई लक्षित गरि पाँच सय ७४ प्याकेट विउ वितरण गरिएको बताईएको छ ।
सुआहारा कार्यक्रम स्याङ्जाका कृषि अधिकृत अर्जुन सुवेदी र दियालो सुआहाराका प्रशासन तथा लेखा अधिकृत सविना कर्माचार्य सहितको टोलीले एघार वटै पालिकामा पुगेर स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।