Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

कालीगण्डकी-तिनाउ डाइभर्सनकाे विरोधमा काठमाडाैंको माइतीघर मण्डलामा प्रदर्शन

  काठमाडौँ , कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाकाे विरोधमा काठमाडाैंमा प्रदर्शन गरिएको छ। शुक्रबार कालीगण्डकी सरोकार युवा समूह...


 

काठमाडौँ, कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाकाे विरोधमा काठमाडाैंमा प्रदर्शन गरिएको छ। शुक्रबार कालीगण्डकी सरोकार युवा समूहले विरोध प्रदर्शन गरेको हो।


उनीहरूले कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजना जनविरोधी, सभ्यता विरोधी र पर्यावरण खल्बल्याउने किसिमको भएको बताएका छन्। प्रदर्शनकारीहरूले जनताको ‘आवाज यही हो, कालीमा पानी चाहियो’, ‘काली डाइभर्सन चाहिँदैन, पर्यावरण मास्न पाइँदैन’, ‘काली डाइभर्सन हुन दिँदैनाैं’ लगायतका नारासहितका प्लेकार्ड बोकेका थिए।

केहीदिन पहिले अर्थमन्त्री विष्णुप्रसाद पौडलले बुटवलमा आयोजित एक कार्यक्रमबीच कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको कार्यालय उद्घाटन गरेका थिए।


जसका कारण अहिले लुम्बिनी र गण्डकी प्रदेशबीच द्वन्द्व निम्तिने देखिएको छ। बुटवल क्षेत्रका स्थानीय तथा राजनीतिक कार्यकर्ताले उक्त विषयको समर्थन गरेपनि गण्डकी प्रदेशका राजनीतिक दल तथा स्थानीयले भने विरोध गरेका छन्। गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा एमाले नेता पुथ्वी सुब्बा गुरुङले त यो विषयमा खुलेरै विरोध गरिसकेका छन् । प्रभावित क्षेत्र पाल्पा, स्याङ्जा, तनहुँ ,र नवलपुरका १० वटा पालिकाले सुरुवात देखि नै विरोध जनाउँदै अाएको छ ।

धेरै पढीयको समाचार

Featured Post

विमलाको निधनपछि गण्डकीमा सांसद बन्नेछिन् स्याङ्जाकी सुनिता

१ मंसिर, पोखरा । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि अब उनको ठाउँमा स्याङ्जाकी सुनिता थापा सांसद बन्ने भएकी छन् । गौचन प्रदेश ...

बलग भित्र खोज्नुहोस् ।