Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

सिद्धबाबामा पहिरोले गाडी च्यापियो : दुई जना घाइते, एकको ज्यान गयो

  पाल्पा-बुटवल सडक खण्ड अन्तर्गत सिद्धबाबा मन्दिर नजिकै गुडिरहेको पिकअप जिप माथि पहिरो खस्दा सह-चाकलको निधन भएको छ । तिनाउँ गाउँपालिका ३ माथ...


 

पाल्पा-बुटवल सडक खण्ड अन्तर्गत सिद्धबाबा मन्दिर नजिकै गुडिरहेको पिकअप जिप माथि पहिरो खस्दा सह-चाकलको निधन भएको छ । तिनाउँ गाउँपालिका ३ माथिल्लो सिद्धबाबा नजिकै पाल्पा बाट बुटवल तर्फ गैरहेको लु २ च ७३८७ नम्बरको बोलेरो पिकअप जिप माथि सोमबार साँझ ७ बजेर २५ मिनेटको समयमा पहिरो खसेको थियो ।


ढुङ्गा सहितको पहिरोले च्याप्दा जिप चालक चापाकोट नगरपालिका ५ स्याङ्जाका २६ वर्षिय डिलु थापा र सह-चालक वालिङ नगरपालिका ११ का २३ वर्षिय आशिष खाँड घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । घाईते दुवै जनालाई उद्धार गरि उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएकोमा सहचालक खाँडको उपचारको क्रममा साँझ ८ बजेर ४० मिनेटमा निधन भएको त्वातीले बताउनुभयो । चालक थापाको अवस्था सामान्य रहेको छ ।


घाईतेहरुको स्थानीय मानिस, अन्य सवारीसाधनका यात्रुहरूले घाइतेकाे उद्धार गरेका थिए । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।