Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

रामपुरमा बन्दुकको छर्रा लागेर एक को ज्यान गयो

  पाल्पाको रैनादेवी छहरा गाउँपालिका-६ तल्लोतालमा स्याललाई हानेको बन्दुकको छर्राले लागेर एक पुरुषको ज्यान गएको छ । मकैबारीमा आएको स्याललाई हा...

 



पाल्पाको रैनादेवी छहरा गाउँपालिका-६ तल्लोतालमा स्याललाई हानेको बन्दुकको छर्राले लागेर एक पुरुषको ज्यान गएको छ । मकैबारीमा आएको स्याललाई हान्ने क्रममा बाबुले पड्काएको बन्दुकको छर्राले लागेर छोराको ज्यान गएको हो ।


निधन हुनेमा रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवास्थित तल्लोतालका ३५ वर्षीय धनबहादुर लम्तरी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।


५६ वर्षीय कर्णबहादुरले शुक्रबार बेलुकी ६ बजे भरूवा बन्दुकले मकै बारीमा आएको स्याललाई हानेका थिए। स्याललाई ताकेको बन्दुकको छर्राले घरदेखि करिब १०० मिटर टाढा मकै बारीमा रहेका छोराको टाउकोमा लागेको प्रवक्ता त्वातीले बताउनुभयो । प्रहरीले एक नाले भरुवा बन्दुक सहित कर्ण बहादुरलाई नियन्त्रमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।