पोखरा : पछिल्लो २४ घण्टामा स्याङ्गजाका १०७ सहित गण्डकीका थप ६२७ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी...
पछिल्लो २४ घण्टामा स्याङ्गजाका १०७ सहित गण्डकीका थप ६२७ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १७५ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
बिहीबार संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत स्याङ्गजाका १०७ जना सहित कास्कीका २४१ जना, तनहुँका ६७ जना, गोरखाका ४१ जना, लमजुङका २६ जना र नवलपुरका ६० जना, पर्वतका चार जना, बाग्लुङका ३७ जना र म्याग्दी जिल्लाका ४४ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ९१ हजार ९८५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट ७० जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८७ हजार २१५ पुगेको छ। भने, अहिले प्रदेशभर ३३४० सक्रिय संक्रमित छन् ।
बिहीबार गण्डकीमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ। मृत्यु हुनेमा गोर्खा जिल्ला पालुङटार नगरपालिका -२ निवासी ६९ वर्षीया वृद्धा छिन्। योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४३० पुगेको निर्देशनालयले जनाएको छ ।