स्याङ्जाको चापाकोट नगरपालिका–९ मा रहेको पाकरी खोला जलाशयको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) थालिने भएको छ । जिल्लाकै...
इञ्जिनियरको टोलीद्वारा यसको सम्भाव्यता अध्ययन गर्नुका साथै योजनाको अनुमानित लागत आएपछि त्यसैलाई आधार मानेर थप अगाडि बढिने नगरप्रमुख गिरीले बताउनुभयो । “यो योजनाले चापाकोटका सिँचाइ नपुगेका बाँझा जमिनमा सिँचाइ पु¥याउन सहज हुने र उत्पादनमा वृद्धि हुने विश्वास लिएको छु”, प्रमुख गिरीले भन्नुभयो, “कृषि र पर्यटनसँग प्रत्यक्ष जोडिएकाले पनि यसलाई पूरा गर्नका लागि नगरपालिकाले आगामी योजना बनाउने छ ।”
जलाशय बनाउन उक्त ठाउँ उपयुक्त भएको चापाकोट टार सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष कृष्ण सुवेदीले बताउनुभयो । “यो योजना यस क्षेत्रकै गौरवको योजना पनि हो, तसर्थ निर्माण कार्यका लागि सबैले सहयोग गर्नुपर्ने देखेको छु”, अध्यक्ष सुवेदीले भन्नुभयो, “सिँचाइको अभावमा बाँझै रहेका जमिनबाट उब्जाउ लिन सकिने सम्भावना छ ।” चापाकोट–९ को पाकरी भन्ने स्थानमा बाँध बाँधेपछि करिब एक किलोमिटर लामो र औसतमा ५० मिटर चौडाइको जलाशय बन्नसक्ने वडाध्यक्ष शङ्करभक्त भण्डारीले बताउनुभयो ।
“नगरपालिकाकै गौरवको योजना हुने भएकाले यसलाई सुरु गर्नसकेमा निक्कै फाइदा पुग्ने थियो”, अध्यक्ष भण्डारीले भन्नुभयो, “जलाशय निर्माणले यहाँको कृषि, पर्यटन र रोजगारीमा फड्को मार्ने विश्वास लिएको छु ।” नगरकै गौरव गर्न मिल्नेमध्येको र त्यो पनि नमूनाका रुपमा रहेकाले यसको सम्भाव्यता अध्ययन गरी प्राप्त प्रतिवेदनमाथि सरोकारवालालाई राखेर बहस हुनुपर्नेमा स्थानीयले जोड दिएका छन् ।