चापाकोट । लामो समय विवादमा रहदै आएको कृषि तथा बन क्याम्पसमा संचालक समिति गठन गरिएको छ । चापाकोट नगरपालिकाको शिक्षा समितिको बैठकले नविन काफ्ल...
लामो समय विवादमा रहदै आएको कृषि तथा बन क्याम्पसमा संचालक समिति गठन गरिएको छ । चापाकोट नगरपालिकाको शिक्षा समितिको बैठकले नविन काफ्लेलाई अध्यक्षमा मनोनयन गरेको छ । नगर प्रमुख शिवकुमार गिरी संरक्षक रहने गरी हाल परिवर्तित नाम प्राकृतिक स्रोत व्यवस्थापन कलेजको संचालक समितिको अध्यक्षमा काफ्लेलाई मनोनयन गरिएको नगरपालिकाले जनाएको छ । संचालक समितिको उपाध्यक्षमा नारायण प्रसाद श्रेष्ठ, सदस्यहरुमा विन्दु कोइराला, खेमराज भट्टराई, हरिप्रसाद भट्टराई, देवी श्रेष्ठ, बसन्तराज पौडेल, रत्नप्रसाद बराल र गोर्कण भट्टराई रहेका छन् ।
चापाकोट ८ रत्नपुर साविक जनसामुदायीक प्रथामिक विद्यालय भएको ठाँउमा क्याम्पस संचालन गर्ने गरी समित गठन गरिएको नगरपालिकाले जनाएको छ । आफ्नो पदको मर्यादालाई कायम राख्नेगरी कलेजको स्थापनाको लागि कर्तव्य निष्ठा भएर काम कारवाहिलाई अगाडी बढाउन नगर प्रमुख गिरीले अध्यक्ष काफ्लेलाई अनुरोध गरेका छन् । लामो समय वित्तिय क्षेत्रमा काम गर्दै आएका काफ्ले अत्यन्तै शालिन र मिजाशिला स्वभावका छन् । उनको यो विज्ञताले कलेजको उचाई अझै बढ्नेमा चापाकोटवासीले विश्वास गरेका छन् ।
नगरपालिकाले आफुलाई दिएको जिम्मेवारीलाई कर्तव्य ठानेर क्याम्पस र नगरको शिर उचो राख्ने तर्फ ध्यान हुने काफ्लेले बताए । क्याम्पस संचालनमा समितिका सदस्य, चापाकोटवासी र स्थानीय सरकारको सहयोगको अपेक्षा समेत उनले गरेका छन् । समिति गठन पछि अब चापाकोटमा कलेज संचालनमा आउने विश्वास गरिएको छ । चापाकोट नगरपालिकाका प्रमुखले ५ बर्षमा गरेका कार्यहरु मध्ये यो महत्वपुर्ण काम भएको भन्दै नगर प्रमुख गिरी चापाकोटवासीको प्रंशसा गरेका छन् ।