Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, २३ जना घाइते

 २७ माघ, उदयपुर। उदयपुरगढी गाउँपालिका-७ नागबेलिस्थित सडकमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको ज्या गएको छ भने २३ जना घाइते भएका छ...


 २७ माघ, उदयपुर। उदयपुरगढी गाउँपालिका-७ नागबेलिस्थित सडकमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको ज्या गएको छ भने २३ जना घाइते भएका छन् ।


आज बिहान प्र २-०१-००१ त १०९६ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा त्रियुगा नगरपालिका-१४ का १९ वर्षीय मिलन मग्रातीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका २३ जनालाई उपचारको लागि जिल्ला अस्पताल गाईघाट लगिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको हुँदा थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर पठाइएको छ ।

ट्याक्टरमा चालकसहित २५ जना सवार रहेको र चालक फरार रहेका उनको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।