Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

आज मगर दिवस दिवसः मगरबाहुल्य क्षेत्रका स्थानीय तहमा सार्वजनिक बिदा

  आज फागुन १५ । राष्ट्रिय मगर दिवस अर्थात मगर एकताका दिवस । नेपाल मगर संघ तथा मगर समुदायले आज (आइतबार) ४०औँ मगर दिवस मनाउँदैछन् । २०३९ साल फ...

 


आज फागुन १५ । राष्ट्रिय मगर दिवस अर्थात मगर एकताका दिवस ।


नेपाल मगर संघ तथा मगर समुदायले आज (आइतबार) ४०औँ मगर दिवस मनाउँदैछन् ।


२०३९ साल फागनु १५ गते स्वर्गीय हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार सङ्घको प्रथम अधिवेशन भएको थियो ।


यसैको सम्झनामा हरेक वर्ष फागुन १५ गते मगर सङ्घ र सम्बन्धित सङ्घ संस्थाले एकता दिवसका रुपमा मनाउने गर्छन् ।


मगर सङ्घका संस्थापक महासचिव सुरेश आले मगरका अनुसार २०१२ सालमै मगर समाज सुधार समितिको नाममा गुल्मीको भार्सेमा मगरहरुको पहिलो सङ्गठन बनेको भनिए पनि मगर सङ्घले २०३९ साल फागुन १५ लाई नै सङ्घको स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । नेपाल मगर सङ्घका पूर्वअध्यक्ष झकबहादुर थापाको निधन भएकाले ४०औँ राष्ट्रिय एकता दिवसलाई शोकका रुपमा मनाउन लागेको सङ्घले जनाएको छ ।


थापाको यही फागुन ११ गते उपचारको क्रममा काठमाडौँमा निधन भएको थियो । दिवसको अवसरमा मगर समुदायको बाहुल्यता रहेका स्थानीय तहले आज सार्वजनिक बिदा समेत दिएका छन् । पाल्पामा १०वटै स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।

धेरै पढीयको समाचार

Featured Post

विमलाको निधनपछि गण्डकीमा सांसद बन्नेछिन् स्याङ्जाकी सुनिता

१ मंसिर, पोखरा । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि अब उनको ठाउँमा स्याङ्जाकी सुनिता थापा सांसद बन्ने भएकी छन् । गौचन प्रदेश ...

बलग भित्र खोज्नुहोस् ।