Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

आँधीखोला गाउँपालिकाको प्रतीक चिन्ह (लोगो) सार्वजनिक

  आँधीखोला गाउँपालिकाको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरिएको छ । तेस्रो अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम २०७...


 आँधीखोला गाउँपालिकाको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरिएको छ । तेस्रो अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम २०७८ को दोस्रो दिन चैत ११ गते गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलद्वारा लोगो सार्वजनिक गर्नु भएकाे हाे। आँधीखोला गाउँपालिकाको ऐतिहासिक धार्मिक, पुरातात्विक महत्वका क्षेत्रहरु समेटेर तयार पारिएको गाउँपालिकाको पहिचान झल्कने लोगो निर्माण गरिएको छ ।


प्रतिक चिन्हको माथिल्लो भागमा गाउँपालिकाको नाम र सो नामको बिचमा नेपालको रास्ट्रिय झण्डा राखिएको छ । त्यसैगरि तल्लो भागमा राखिएको रिवनमा गाउँपालिकाको ठेगाना लेखिएको छ । ठेगानाको रिवनसँग जोडेर दुवैतर्फ धानको बाला देखाइएको छ । प्रतिक चिन्हको गोलाकार भागले गाउँपालिकाका विभिन्न पक्षहरुलाई झल्काउने काम गरेको पालिकाले जनाएकाे छ ।


उदाँउदो सुर्य सहित रहेका हरियाली डाँडाकाँडा तथा रुखहरुले गाउँपालिकाको प्राकृतिक सौन्दर्यतालाई झल्काएको छ । पर्यटकीय दृष्टिकोणले राष्ट्रिय स्तरमा परिचित देशकै पहिलो होमस्टे शिरुवारी गाउँ र श्रवणकुमारलाई प्रतिक चिन्हमार्फत विशिष्टकरण गरिएको छ । आँधीखोलाको नक्सा समेटेको उक्त प्रतिक चिन्हले अन्धाअन्धी दहबाट झरेको झरना आँधीखोलामा मिश्रण भएको भावलाई झल्काएको छ । कृषि क्षेत्रलाई गाउँपालिकाको समृद्धिको आधार देखाउन दुई जना व्यक्तिले खेतमा काम गरिरहेको र लैङ्गिक समानता, एकता,समन्वय सहकार्यलाई झलकाउन महिला पुरुषले हात मिलाएको देखाइएको छ ।

धेरै पढीयको समाचार

Featured Post

विमलाको निधनपछि गण्डकीमा सांसद बन्नेछिन् स्याङ्जाकी सुनिता

१ मंसिर, पोखरा । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि अब उनको ठाउँमा स्याङ्जाकी सुनिता थापा सांसद बन्ने भएकी छन् । गौचन प्रदेश ...

बलग भित्र खोज्नुहोस् ।