स्याङ्जा, नेकपा एकिकृत समाजवादी चापाकोट नगर कमिटी स्याङ्जाले कार्यालय स्थापना गरेको छ । चापाकोट नगरपालिका ९ सुन्तलीटार कार्यालय स्थापन गर...
स्याङ्जा, नेकपा एकिकृत समाजवादी चापाकोट नगर कमिटी स्याङ्जाले कार्यालय स्थापना गरेको छ । चापाकोट नगरपालिका ९ सुन्तलीटार कार्यालय स्थापन गरेको हो ।
नेकपा एकिकृत समाजवादी जिल्ला कमिटी स्याङ्जाका अध्यक्ष रामचन्द्र भट्टराईले रिवन काटेर र एकिकृत समाजवादीका केन्द्रिय सदस्य महेन्द्र थापाले बेलुन उडाएर उट्घाटन गर्नु हो । अगुवा कार्यकर्ताहरुले चापाकोट ८ दामाचौर देखि सुन्टलीटार सम्म मोटरसाईकल र्याली निकालेको थियो ।
मोटरसाईकल र्याली पश्चात चापाकोट मगर समुहको सभाहलमा अगुवा कार्यकर्ता भेला भएको थियो । भेलालाई सम्बोधन गदै नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य महेन्द्र थापाले समाज रुपान्तरणमा अब समाजवादी अगाडि बढेको र छोटो समय मै देशभर चिनिन सफल भएको बताउनुभयो । उहाँले पार्टी देशमा समृद्धि ल्याउन अगाडी बढेको बताउँदै कार्यकर्ताहरुलाई नआत्तीन आग्रह गर्नुभयो ।
नेकपा एकिकृत समाजवादी स्याङ्जाका जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईले २ तिहाइको सरकार ढलाएर संसद विघटन गर्नु लजास्पद भएको भन्दै अब ओली देशै बाट पत्ता साफ हुने जिकीर गर्नुभयो । कार्यक्रममा एकिकृत समाजवादीका केन्द्रिय परिषद् सदस्य जगदिश गैह्रेले छोटो समयमै नेकपा एकिकृत समाजवादीले संगठन विस्तार गरेको भन्दै अब स्थानीय चुनावलाई सफल बनाउन सबै लाग्नु पर्ने बेला आएको बताउनु भयो । लुम्बिनी प्रदेश कमिटी सदस्य विनोद श्रेष्ठले एमाले पुँजीवादीहरुको पार्टी बनेको भन्दै एकिकृत समाजवादीले दुखि गरिबहरुको साहारा बनेर कार्यकर्ताहरुलाई उद्यमी बनाएर आर्थिक विकास गरेपछि मात्रै समृद्ध नेपाल बनाउन सकिने बताउनु भएको थियो ।
कार्यक्रममा जिल्ला कमिटि उपाध्यक्ष विष्णु गिरी, समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष रविन गोदारले शुभकामना मन्तव्य राख्नु भएको थियो । एकिकृत समाजवादी चापाकोट नगरकमिटीका अध्यक्ष सीताराम गैह्रेको अध्यक्षतामा भएको कार्यक्रम, नगर कमिटिका सचिव रेशम ढकालको स्वागत र अनेरास्वियु केन्द्रिय सदस्य मेघनाथ चापागाईको सञ्चालनमा भएको हो ।
यस्तै भेलाले चापाकोट नगरकमिटीलाई पूर्णता दिएको छ । भेलाले ७५ सदस्य कमिटि गठन गरेको छ । जसको अध्यक्षमा सिताराम गैह्रे, उपाध्यक्षमा भरत पंगेनी, मन बहादुर थापा, सचिवमा रेशम राज ढकाल,उप सचिवमा भिमलाल पुरी, सरीता ढकाल सुर्दशन घिमिरे र अन्य सदस्यमा चयन गरेको छ ।