Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

रामपुर-८ मा मोटरसाईकल ठोक्किदा ३ जना घाईते

    पाल्पा ,कालीगण्डकी करिडोर अन्तर्गत रामपुर नगरपालिका-८, गैरीखेतमा मोटरसाईकल एक आपसमा ठोक्किदा ३ जना घाईत भएका छन् । विजयपुर बाट भुजात जाँ...

 

 


पाल्पा ,कालीगण्डकी करिडोर अन्तर्गत रामपुर नगरपालिका-८, गैरीखेतमा मोटरसाईकल एक आपसमा ठोक्किदा ३ जना घाईत भएका छन् । विजयपुर बाट भुजात जाँदै गरेको लु २९ प ३८२७ नम्बरको मोटर साईकल र विपरित दिशा बाट आउँदै गरेको लु २१ प ५९२८ नम्बरको मोटसाईकल ठोक्किएको हो ।


मंगलबार साँझ पौने ७ बजे भएको दुर्घटनामा दुवै मोटरसाईकलको चालक र एक जना पछाडी सवार व्यक्ति गरि ३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाईते हुनेहरुमा लु २९ प ३८२७ नम्बरका चालक रामपुर नगरपालिका ८ बस्ने ३४ वर्षिय यम बहादुर साठीघरे, सोही मोटरसाईकलमा सवार रामपुर १० का २९ वर्षिय जय बहादुर परियार र लु २१ प ५९२८ का चालक रामपुर ५ का २१ वर्षिय विष्णु माझी रहेको छन् ।


घाइते मध्ये जय बहादुर र विष्णुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । गम्भीर घाईते दुवै जनालाई रामपुर अस्पतालमा उपचार पश्चात थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास रेफर गरिएको छ भने सामान्य घाईते यम बहादुर प्राथमिक उपचार पछि डिस्चार्ज भएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । दुवै मोटरसाईकल नियन्त्रणमा लिई घटनाको विषयमा अनुशन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।