Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

लगातार दोस्रो जितसँगै स्याङ्जा गण्डकी प्रदेशस्तरीय माहिला टि२० छनोटको फाइनलमा

  स्याङ्जा । दोस्रो जित निकाल्दै स्याङ्जा जिल्ला महिला क्रिकेट टिम गण्डकी प्रदेशस्तरीय माहिला टि२० छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ...


 

स्याङ्जा । दोस्रो जित निकाल्दै स्याङ्जा जिल्ला महिला क्रिकेट टिम गण्डकी प्रदेशस्तरीय माहिला टि२० छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 


सोमबार स्याङ्जाको चापाकोटस्थित गंगालाल खेल मैदानमा भएको दुबै खेलमा जित निकालेको स्याङ्जा महिला टिम फाइनमा प्रदेश गरेको हो । 


पहिलो खेलमा नवलपुर महिला क्रिकेट टिमलाई १४० रनले हराएको स्याङ्जाले दोस्रो खेलमा कास्की जिल्ला महिला क्रिकेट टिमलाई ८ विकेटले हराएको हो । 


कास्कीले दिएको ८५ रनको लक्ष्य स्याङ्जाले ११.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । 


स्याङ्जाको जितमा सिमा केसीले ३२ रन बनाउँदा अन्जली विश्वकर्माले ३१ रन र श्रया थापाले १० रन जोडिन् । यता कास्कीका लागि सुजता थापा र सृष्टि जैसीले समान १ विकेट लिइन् । 


त्यसअघि टस जितेर पहिलो ब्याटिङ थालेको कास्कीले निर्धारित १६ ओभरमा ८ विकेट गुमाएर ८४ रन बनाउन सक्यो । उसका लागि सुजता थापाले सर्वाधिक २३ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । 


यो हारसँगै कास्कीले अब लिगको अन्तिम खेलमा नवलपुरसँग खेल्नेछ । यो खेलमा जुन टिमले जित्छ त्यो टिम फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल पनि भोलि मंगलबार नै हुनेछ । 


यहिँ पुस २९ गतेदेखि इटहरीमा आयोजना हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि२० क्रिकेटमा सहभागिताको लागि उक्त छनोट खेलको आयोजना गरिएको छ । जसमा सह आयोजन स्याङ्जा, कास्की र नवलपुर रहेका छन् ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।