Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

नयाँ सालको अवसरमा चापाकोटमा रमाइलो सांगीतिक कार्यक्रम हुने

  चापाकोट बजार ब्यवस्थापन समिति चापाकोट स्याङ्जाले नयाँ बर्ष २०८० को अवसरमा सांगीतिक कार्यक्रम गर्ने भएको छ । बजार व्यवस्थापन समितिका अध्यक्...


 चापाकोट बजार ब्यवस्थापन समिति चापाकोट स्याङ्जाले नयाँ बर्ष २०८० को अवसरमा सांगीतिक कार्यक्रम गर्ने भएको छ ।

बजार व्यवस्थापन समितिका अध्यक्ष हेमन्तराज बरालको अध्यक्षतामा बसेको बैठकले नयाँ बर्षको अवसरमा चैत ३० गते र २०८० बैशाख १ गते चापाकोट सुन्तलीटार बजारमा सांगीतिक कार्यक्रम गर्ने निर्णय गरेको हो ।


नयाँ वर्षको अवसरमा राष्ट्रिय कलाकारहरुबाट सांगीतिक कार्यक्रम, स्थानीय जातजातीको साँस्कृतिक झाँकी प्रर्दशन, क्लबस्तरीय नृत्य प्रर्दशन, सडक महोत्सव जस्ता कार्यक्रम तय गरेको बजार व्यवस्थापन समितिका सचिव देवराज गैह्रेले जानकारी दिनुभयो ।


उक्त कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि हेमन्तराज बरालको संयोजकत्वमा मुल समिति, चापाकोट नगरपालिका ९ का वडा अध्यक्ष कृष्णप्रसाद सुवेदीको संयोजकत्वमा सल्लाहकार समिति र अन्य विषयगत उपसमिति समेत गठन गरिएको छ ।


जस अनुसार टुकराज पाठक आर्थिक परिचालन, वेदप्रसाद श्रेष्ठ सांस्कृतिक झाँकी प्रदर्शन, रामु बस्याल प्रचारप्रसार, धिरज खाँण स्वयंसेवक परिचालन, बिष्णु काफ्ले कलाकार व्यवस्थापन, भीमराज भण्डारी बजार सरसफाइ तथा सजावट, शंकर भण्डारी मञ्च व्यवस्थापन, पुष्पा श्रेष्ठ अतिथि सत्कार र बिन्दु कोईरालाको संयोजकत्वमा स्वास्थ्य स्वयंसेवक परिचालन उपसमिति गठन गरेको चापाकोट बजार व्यवस्थापन समितिले जनाएको छ ।


विसं २०६५ मा स्थापना भएको चापाकोट बजार व्यवस्थापन समितिमा सुन्तलीटार बजार श्रेत्रका २५० पसल आबद्ध रहेका छन् ।

धेरै पढीयको समाचार

Featured Post

विमलाको निधनपछि गण्डकीमा सांसद बन्नेछिन् स्याङ्जाकी सुनिता

१ मंसिर, पोखरा । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि अब उनको ठाउँमा स्याङ्जाकी सुनिता थापा सांसद बन्ने भएकी छन् । गौचन प्रदेश ...

बलग भित्र खोज्नुहोस् ।