Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

चापाकोट मा अपाङ्गता भएका ब्यक्तिहरु आत्मनिर्भर हुँदै

  स्याङ्जा, १२ वैशाख । स्याङ्जाको चापाकोट नगरपालिकामा सात दिने अचार बनाउने तालिम सम्पन्न भएको छ । चापाकोट अपाङ्ग संघको आयोजना र चापाकोट नगरप...


 स्याङ्जा, १२ वैशाख । स्याङ्जाको चापाकोट नगरपालिकामा सात दिने अचार बनाउने तालिम सम्पन्न भएको छ ।


चापाकोट अपाङ्ग संघको आयोजना र चापाकोट नगरपालिकाको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले बैशाख ३ गतेदेखि शुरु भएको अचार बनाउने तालिम ९ गते सम्पन्न भएको हो ।


नगरपालिका नगर प्रमुख देव बहादुर खाँणले उद्दघाटन गर्नुभएको कार्यक्रमको सम्पन्न कार्यक्रममा नगरपालिकाका उपप्रमुख इशा राना, प्रमुख प्रशासकीय प्रमुख ध्रुब खनाल, वडा ९ का अध्यक्ष कृष्ण सुवेदी लगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रममा सहभागीहरुले सीप मुलक तालिममा नगरपालिकाले प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।


अचार बनाउने तालिममा २० जनाले सहभागीता जनाएको चापाकोट अपाङ्ग संघको अध्यक्ष सुनिता थापाले जानकारी दिनुभयो ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।