Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

चापाकोटमा नेपाली सांकेतिक भाषा तालिम

 स्याङ्जा बहिरा संघको आयोजना तथा चापाकोट नगरपालिकाको मुख्य सहयोगमा सञ्चालन भएको दुई महिने नेपाली सांकेतिक भाषा तालिमको शुभारम्भ गरिएको छ । च...


 स्याङ्जा बहिरा संघको आयोजना तथा चापाकोट नगरपालिकाको मुख्य सहयोगमा सञ्चालन भएको दुई महिने नेपाली सांकेतिक भाषा तालिमको शुभारम्भ गरिएको छ । चापाकोट नगरपालिकाका नगर प्रमुख देव बहादुर खाँण(ईश्वर) तालिमको शुभारम्भ गर्दै समाजका सबै नागरिकलाई भाषाका माध्यम बाट सिक्ने सिकाउने बुझ्ने बुझाउने भएकोले भाषा तालिम सुरु गरिएको बताए । सबै नागरिकमा एउटै क्षमता नभएको भन्दै फरक क्षमता भएका नागरिकलाई पनि भाषाको माध्यमबाट बाच्न पाउने अधिकार सुनिश्चित गर्न यस्ता तालिमले भरपुर मद्त गर्ने नगर प्रमुख खाँणले बताए । स्थानीय सरकार सबै नागरिकको साझा सरकार भएको बताउदै नगर प्रमुख खाँणले फरक क्षमता भएका नागरिकलाई अझ बढी प्रथामिकता दिएर काम गर्ने बताए ।


कार्यक्रममा उपप्रमुख ईशा राना, वडा अध्यक्ष कृष्ण सुवेदी, महिला नेतृ दिलु थापा, सिआइएल पोखराका अध्यक्ष हेम गुरुङ, बहिरा संघ स्याङ्जा जिल्ला कार्य समिती सचिव सरिता थापा लगाएतले भाषामा समस्या हुँदा आफ्ना बिषयमा कुरा राख्न निकै कठिन हुने बताएका थिए । आफ्ना समस्या भाषाका माध्यमबाट राख्न यस्ता तालिमले महत्वपुर्ण भुमिका खेल्ने बोल्ने बक्ताहरुले बताए । भुवन भण्डारीले सन्चालन गरेको तालिममा ३० जनाको सहभागी रहने स्याङ्जा बहिरा संघ स्याङ्जाका अध्यक्ष सुनिता थापाले बताइन

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।