स्याङ्जा, ११ साउन । स्याङ्जाको चापाकोट नगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । नगरपालिकाले बर्खा लागेसँग कत्रिृम अभाव सिर्जना गरेर मूल्य बढ...
नगरपालिकाले बर्खा लागेसँग कत्रिृम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने, नापतौलमा ठगी गर्ने जस्ता समस्या नहुन् भन्ने उद्देश्यले बजार अनुगमन शुरु गरेको जनाएको छ ।
वर्खामा हुन सक्ने कृत्रिम अभाव, मूल्य वृद्धि, मिसावट, म्याद नाघेका सामान बिक्री नियन्त्रणका लागि अनुगमनलाई तीब्रता दिएको चापाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धुव्र खनालले जानकारी दिनुभयो ।
नगरपालिकाले व्यवसायलाई व्यवस्थित र प्रभावकारी बनाउन बजार अनुगमन गरेको नगर उपप्रमुख इशा रानाले बताउनुभयो । उहाँले भन्नुभयो, “अनुगमनका क्रममा दर्ता नभई संचालन भएका, मिति सकिएका खाद्य सामग्री राखिएको, नविकरण नभएका र सरसफाइ नगरी सञ्चालन भएका होटल र पसल सञ्चालकलाई सचेत गराएको छौँ ।”
अनुगमनमा नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, ईलाका प्रहरी कार्यालय चापाकोटका प्रहरी निरीक्षक, नगर प्रहरी, उद्योग वाणिज्य संघ बजार व्यवस्थापन समितिका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो