Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

पोखराबाट रामपुर आउदै गरेकाे जिप भिमादमा दुर्घटना

  पाल्पा । तनहुँको भीमादमा जीप दुर्घटना हुदाँ दुई यात्रुको घटनास्थलमा मृत्यु भएको छ । पोखराबाट पाल्पाको रामपुर आउदै गरेको जिप भीमाद नगरपालिक...


 पाल्पा । तनहुँको भीमादमा जीप दुर्घटना हुदाँ दुई यात्रुको घटनास्थलमा मृत्यु भएको छ । पोखराबाट पाल्पाको रामपुर आउदै गरेको जिप भीमाद नगरपालिकाको मिर्छुलुङमा गाडीलाई साइड दिने क्रममा जिप सडकबाट तल खसेको हो ।


चालकसहित १० जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ९ जना सिकिस्त छन् । घाइतेहरूको जिपि कोइराला स्वासप्रश्वास अस्पतालमा पोखरामा उपचार भइरहेको छ । मृतक तथा घाइतेहरूकाे पहिचान खुल्न नसकेकाे प्रहरीले जनाएकाे छ ।


ग १ ज ७५३४ नम्बरको जिप घुम्ती सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।


तीमध्ये बढी घाइते भएका ३ जनाको थप उपचारका लागि पोखरा रिफर गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।


विहान ७ बजे रामपुरका लागि पोखरा बाट छुटेको जिप पौने नौ बजे गाडीलाई साईड दिने क्रममा दुर्घटना भएको थियो ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।