Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

''दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला २०८०'' फागुन ३ देखि १३ सम्म हुने

  गोपीकृष्ण रेग्मी चापाकोट, १३ माघ । स्याङ्जाको चापाकोटमा ''दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला २०८०'' हुने भएको छ । चाप...


 गोपीकृष्ण रेग्मी

चापाकोट, १३ माघ । स्याङ्जाको चापाकोटमा ''दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला २०८०'' हुने भएको छ ।

चापाकोट उद्योग वाणिज्य संघ आयोजना र चापाकोट नगरपालिकाको सहयोगमा फागुन ३ देखि १३ गते सम्म चापाकोट खेलमैदान ''दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला २०८०'' हुने भएको हो ।

मेलामा कृषि प्रर्दशनी, धार्मिक तथा पर्यटकीय स्थलहरुको फोटो प्रर्दशनी, रतौली गित प्रतियोगिता, भजन प्रतियोगिता, नृत्य प्रतियोगिता लगाएतका कार्यक्रम हुने चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष निर्मल राना मगरले  बताउनुभयो ।

महोत्सव गाउँ–गाउँमा उत्पादित मौलिक एवं कृषिजन्य वस्तुहरूको प्रदर्शनी र बिक्रीलाई उच्च प्राथमिकतामा राखिएको चापाकोट उद्योग वाणिज्य संघका महासचिव शिव श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक गरी २५० स्टलहरू राखिने आयोजकको भनाई छ ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।