Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

स्व: सन्तोष थापा स्मृति कप राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनल खेल आज

  चापाकोट, १३ माघ । स्याङ्जाको चापाकोट नगरपालिकामा जारी प्रथम स्व. सन्तोष थापा स्मृति कप २०८० एवं आमन्त्रित जिल्लास्तरीय पुरुष भलिबल प्रतियो...



 चापाकोट, १३ माघ । स्याङ्जाको चापाकोट नगरपालिकामा जारी प्रथम स्व. सन्तोष थापा स्मृति कप २०८० एवं आमन्त्रित जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल आज हुने भएको छ ।

शनिबार सम्पन्न सेमिफाइनल खेलमा नवलपुरलाई हराउँदै स्याङ्जा र पर्वतलाई हराउँदै बागलुङ फाइनलमा पुगेको थियो । स्याङ्जा र बागलुङ बीचको फाइनल खेल ११ बजे हुने खेल संयोजक राज दर्लामीले जानकारी दिनुभयो ।

प्रतियोगितमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः रु १ लाख ५० हजार, १ लाख र ५० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले बताएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार, उत्कष्ट स्पाईकर, ब्लकर, सेटर, डिफेन्सर, सर्भर प्रशिक्षकलाई जनही रु ३ हजारको साथमा ट्रफी, मेडल प्रमाण पत्र गरिने भएको छ ।

आमन्त्रित जिल्लास्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल भोलि हुने भएको हो । प्रतियोगितामा स्याङ्जा, नवलपुर, बागलुङ, पर्वत, तनहुँ, पाल्पा र कास्की गरी सातबाट जिल्लाको टिमले सहभागीता जनाएका छन् ।

“हाम्रो शान हाम्रो मान, सुन्दर नगर हाम्रो पहिचान” भन्ने मुल नाराका साथ फागुन ३ देखि १३ गतेसम्म चापाकोट नगरपालिका ९ गंगालाल माविको खेलमैदानमा भइरहेको छ ।

महोत्सवमा दर्शकहरुको उत्साहजनक सहभागी रहेको महोत्सव आयोजक समितिका सुचना तथा सञ्चार संयोजक गोपीकृष्ण रेग्मीले जानकारी दिनुभयो ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।