Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

गण्डकी ग्रामीण सामुदायिक अस्पतालः अख्तियारले काट्यो १५ दिने पत्र !

  स्याङ्जा, ३० फागुन । स्याङ्जाको चापाकोट नगरपालिकामा रहेको गण्डकी ग्रामीण सामुदायिक अस्पताललाई अख्तियारले १५ दिने पत्र काटेको छ । स्रोतका अ...


 स्याङ्जा, ३० फागुन । स्याङ्जाको चापाकोट नगरपालिकामा रहेको गण्डकी ग्रामीण सामुदायिक अस्पताललाई अख्तियारले १५ दिने पत्र काटेको छ ।

स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी ग्रामीण सामुदायिक अस्पतालको बारेमा प्रमाणित कागजातहरु उपलब्ध गराउनु भन्दै चापाकोट नगरपालिकालाई पत्र काटेको हो ।

अख्तियारले भवन के कति कारणले गर्दा प्रयोग बिहीन भएको हो वा होइन, भवन निर्माण गर्दाको ठेक्का सम्झौताको कागजात, डिजाईन, कार्य सम्पन्न प्रतिवेदन, नापी किताबसहितको अन्तिम बिल भुक्तानीको गोश्वार भौचार लगायतका निर्माण कार्यसँग सम्बन्धित कागजातहरु माग गरेको स्रोतले बताएको छ ।

नेपाल सरकारको झण्डै ८ करोड लगानीमा बनेको गण्डकी ग्रामीण सामुदायिक अस्पतालको आधुनिक भवनसहितको सुविधा सम्पन्न मेशिनहरु झण्डै एक वर्षदेखि बन्द अवस्थामा रहेको

 छ ।


धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।