Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

चापाकोटमा बेवारिसे नवजात शिशु फेला

  स्याङ्जा, ७ चैत । स्याङ्जाको चापाकोट नगरपालिकामा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ । चापाकोट नगरपालिका ९ मजुवाको खोल्सामा बेवारिसे...


 स्याङ्जा, ७ चैत । स्याङ्जाको चापाकोट नगरपालिकामा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ ।

चापाकोट नगरपालिका ९ मजुवाको खोल्सामा बेवारिसे अवस्थामा (सालनाल नछुटिएको अवस्थामा) नवजात शिशु फेला परेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो ।

शिशु जिवित रहेको र हाल चापाकोट अस्पतालमा प्राथमिक उपचार भइरहेको इलाका प्रहरी कार्यालय चापाकोटका प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिनुभयो।

अस्पतालले शिशुलाई थप उपचारको लागि पोखरा पठाउने तयारी भइरहेको जनाएको छ ।

कसले बच्चा जन्माएर के उद्देश्यले फालेको हो भन्ने कुरा पत्ता नलागेको र घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।